श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २० गते मङ्गलबार, २ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको पञ्चमी तिथि १६ः३६ बजेसम्म, उप्रान्त षष्ठी तिथि, नक्षत्र हस्ता २२ः४७ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः४५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

दाजुभाइमा असमझदारी बढ्न सक्छ । काममा प्रतिस्पर्धा बढ्नेछ । सहयोगीहरू पछि हट्नेछन् ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले पनि ठूलो काम बन्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आ“टे ताकेका कार्यहरू पूरा हुनेछन् । वस्त्र तथा आभूषणको व्यापारबाट सोचेजस्तो लाभ नमिल्ला ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मतभेद भए पनि बेलामा होस् पु¥याउ“दा केही सफलता प्राप्त हुन सक्नेछ । प्रतिस्पर्धीहरू कमजोर रहलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाइ तथा प्रेममा सफलता प्राप्त हुनेछ । मन प्रसन्न रहला । रचनात्मक काममा मन जानेछ । दिन राम्रो छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सरकारी कामकाजबाट लाभ र सफलता मिल्न सक्छ । कानूनी क्षेत्रबाट पनि लाभ मिल्ला । यात्रा फलदायी देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तजन, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । नाम र इनाम कमाउने बेला छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागमन हुनेछ । कला र प्रविधिका क्षेत्रमा उन्नति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । पारिवारिक सद्भाव बढ्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पर्यटकीय क्षेत्रको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्ष्ँेत्रबाट सफलता मिल्नेछ । समय राम्रो रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ । दिन सामान्य छ ।