श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २३ गते शुक्रबार, ५ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको अष्टमी तिथि १०ः३० बजेसम्म, उप्रान्त नवमी तिथि, नक्षत्र विशाखा १८ः४७ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः४७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
कुनै प्रतिस्पर्धा या विवादमा तपाईंको जित हुनसक्छ । सेवा तथा जागिरको क्षेत्रमा राम्रै स्थिति रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनसक्छ । बिरामीबाट पनि छुट्कारा मिल्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै धार्मिकस्थलको भ्रमण गर्ने मौका मिल्न सक्छ । छोटो दूरीको सुखद् यात्रा हुनसक्छ । दिन सामान्य छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुनै चल तथा अचल सम्पत्तिको कारोबार पनि हुनसक्छ । विदेश तथा वाह्य क्षेत्रस“ग सम्बन्धित कार्यमा सफलता मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र तथा आफन्त जनबाट अपेक्षित साथ र प्रोत्साहन प्राप्त नहोला । साथै सम्बन्धमा खराबी आउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीरमा जोस, पराक्रममा कमी रहला । आलश्यता वृद्धि हुनसक्छ । पढाइमा रुचि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायका क्ष्ँेत्रमा सफलता मिल्नेछ । प्रेमसम्बन्धमा समस्या आउन सक्छ । यात्रा केही कष्टकर देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी गर्दा पूर्ण सफलता मिल्नेछ । आकस्मिक धन लाभको योग रहेको छ । बक्यौता रकम उठ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट मान–सम्मान पाइएला । आँटे ताकेका कामकाज अधुरै रहन सक्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै प्रतिस्पर्धा या विवादमा तपाईंको जित हुनसक्छ । छोटो दूरीको सफल यात्रा पनि हुन सक्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक सुख शान्तिमा केही कमी आउन सक्छ । कार्यमा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनको क्षेत्रमा त्यति राम्रो देखिँदैन । बन्न लागेका कार्यमा बाधा उत्पन्न हुनेछ । दिन सामान्य छ ।