श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २५ गते आइतबार, ७ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको दशमी तिथि ६ः५० बजेसम्म, उप्रान्त एकादशी तिथि, नक्षत्र ज्येष्ठा १६ः३६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः४९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
गरिएको कामकाज पूरा हुनेछ । दैनिक कार्यमा प्रगति होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान, प्रतिष्ठा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मन चिन्तित रहने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मतभेद भए पनि बेलामा होस पु¥याउ“दा केही सफलता प्राप्त हुन सक्नेछ । प्रतिस्पर्धीहरू कमजोर रहलान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । लामो दूरीको यात्रा होला । सामाजिक कार्यमा मन जानेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । पढाइमा रुचि बढ्नेछ । तीर्थयात्रा गर्ने योग रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धैर्य एवम् लगनशीलताले राम्रो अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापार वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट मान–सम्मान पाइएला । आँटे ताकेका कामकाज भने अधुरै रहन सक्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र तथा आभूषणको व्यवसायबाट प्रशस्त लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । पढाइमा रुचि बढला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु होला । दिन सामान्य रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक समस्या तथा मानसिक चिन्ता बढ्नेछ । सन्तानबाट कष्ट प्राप्त हुनेछ । आजको दिन सामान्य छ ।