श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत २३ गते सोमबार, ५ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको नवमी तिथि २ः३६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरषाढा २ः१९ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि तुला, सूर्योदय ५ः५० र सूर्यास्त ६ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायकाट लाभ हुनेछ । आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम हुनेछ । हिम्मत गर्दा रोकिएका कामहरू अगाडि बढ्लान् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुमा ईष्र्या गर्नेहरूले अलि सताउन सक्छन् । आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायबाट अपेक्षित लाभ प्राप्त होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेटको समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमको सम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ कामको थालनी गर्दा प्रशस्त लाभ होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त होला। आँखासम्बन्धी समस्याले सताउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन चलाउँदा विचार पु¥याउनु होला । हड्डी सम्बन्धी समस्याले सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बहुमूल्य सामान हराउन सक्छ । सचेत रहनु होला । पारिवारिक समस्याले सताउन सक्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्ला । मन प्रसन्न रहनेछ ।