श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ९ गते बिहीबार, २२ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको दशमी तिथि २३ः५३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा ८ः३१ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः३२ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यापारिक वा दैनिक कामहरु सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । पढाईमा रुची बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो दुरीको लाभदायीक यात्रा हुनेछ । धनार्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लागनी गर्ने समय आएको छ । मिष्ठान्न भोजन प्राप्त होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दुरीको लाभदायीक यात्रा हुनेछ । धनार्जनका नयाँ श्रोतहरु पत्रा लाग्नेछ । समय उत्तमखालको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भनेको कुराको विपरित अर्थ लाग्न सक्छ । स्वास्थ्यमा गडबढी भई दैनिक कामकाजमा असर पर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लामो समयदेखि प्रतिक्षा गरिएको काम पूरा हुन सक्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाह लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरुको सुझावलाई वेवास्ता गर्दा दुःख पाइनेछ ।