धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरी वराहक्षेत्र नगरपालिका २ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
५३ वर्षीया महिलालाई दीर्घ रोगको रुपमा उच्च रक्तचाप रहेको थियो । उनलाई जेठ २ गते कोरोना पोजेटिभ भएको जानकारी पाएपछि धरानस्थित बीपीको कोभिड अस्पतालमा हिजो (मंगलबार) भर्ती गरिएको थियो । उनको आज (बुधबार) ११ः२० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन नियमानुसार भइरहेको जनाइएको छ । वराहक्षेत्रमा यसअघि होम आइसोलेसन र सप्तकोशी क्याम्पसको आइसोलेसनमा बसेकाको मृत्यु भएको छ ।