धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १३ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
८४ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा वैशाख २८ गते कोरोना पोजेटिभ देखिएका उनी २९ गते भर्ना भएका थिए । उनका आज १२ः०९ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमानुसार भइरहेको छ ।