विजयपुर/बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानलाई विकृति र विसंगतिहरु सधारको मााग गर्दै धरानका राजनीतिक  दलले धर्ना दिएका छन् ।

विगतदेखि प्रतिष्ठानलाई दुहुनो गाइको रुपमा लिने र चरम लापारवाही हुने गरेको छ । हाल पनि प्रतिष्ठानमा लापरबाही र गैरजिम्मेवार कार्यहरु हुन थालेपछि धरानका राजनीतिक दलहरु संयक्त रुपमा खबरदारी गर्दै सुधारका लागि आन्दोलन गर्न थालेका छन् ।

प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट यथाशीघ्र मर्मत गर्न, कोरोना भाइरस संक्रमितहरुको उपचारमा लापरबाही नगर्न  माग राख्दै राजनीतिक दलहरुले दवाव दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव पक्ष समूह) जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लगायतले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अघि धर्ना दिएका छन् ।

कोरोना भायरसको दोस्रो लहर सुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पताललाई गुणस्तरीय नबनाएको र पदाधिकारीहरु गैरजिम्मेवार भएकाले ध्यानाकर्षण गराउन संयुक्त टोलीले शान्तीपुर्ण तरिकाले दवाव दिएको माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङले जानकारी दिएका छन् ।

उनले प्रतिष्ठानमा अक्सिजन प्लान्ट छ तर,  विरामीहरुले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको लापारवाही गैर जिम्वेवारीका कारणल भएको बताए ।

एमाले धरान अध्यक्ष नारायण सुबेदीले प्रतिष्ठान पदाधिकारीहरु कमिशन र भ्रष्टचार गर्नमै ब्यस्त भएको आरोप लगाए । उनले  उपकुलपति विषम परिस्थिसतमा पनि चुप बस्नु जनताको स्वास्थ्य माथि खेलवाड गरेको बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङल ेस्वास्थ्य सेवा सुधार नगरेमा र कमीकमजोरी तत्काल सुधार नगरेमा थप विरोधको कार्यक्रम ल्याउने बताए । प्रतिष्ठान आफ्नै अक्सिजन प्लान्ट भएको १ नं. प्रदेशको नै ठुलो अस्पताल हो ।

तर, पदाधिकारीको लापारवाहीका कारणले अक्सिजनको अवस्थाअनुसार बिरामी भर्ना गर्नु भनेपछि चौथर्फि बिरोध हुनुका साथै राजनीतिक दलहरुले चासो देखाएका छन् ।