ब्लाष्टखबर । धरान उपमहानगरले संञ्चालन गरेकाे आइसोलेशन सेन्टर र धरान स्वास्थ चौकीलाई गोर्खा वेल्फेयर ट्रष्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागी अवश्यक पर्ने स्वास्थ सामग्री प्रदान गरेको छ ।
उपमहानगरपालिकाले संञ्चालन गरेको हरियाली सामुदायिक वनकाे भवनको संञ्चालन गरिएकाे आइसोलेशन सेन्टर र शव व्यावस्थापनका लागी भन्दै ट्रष्टकोे ग्रमिण खानेपानी तथा सरसफई कार्यक्रमको तर्फबाट पिपिइ, फेस सिल्ड, हेडक्याप, माक्स, सेनिटाइजर, थरमल लगायतका विभिन्न प्रकासका स्वास्थ सामग्री प्रदान गरेको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन ।
मेहताका अनुसार ट्रष्टले सोही कार्यक्रम अन्तरगत धरान १ मा रहेको धरान स्वास्थ चौकी तथा प्रसुती गृहका लागी पनि हेन्डवास स्टेसन, सर्जिकल माक्स, हेन्ड क्याप, सुज कभर, सेनिटाइजर, थर्मल लगायतका सामाग्री प्रदान गरेको छ ।