धनकुटा /धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले पछिल्लो समयमा नगरवासीमा कोभिड–१९ को संक्रमण दर वढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली सहित घरघरमा गएर स्वास्थ्य परामर्श दिने गरेका छन् ।
नगर प्रमुख तामाङले कोभिड संक्रमणको कारण नगरवासीमा डर, त्रास नफैलियोस भन्नाको खातिर होम आईसोलेसनमा वसेका कोभिड संक्रमितलाई घरघरमा गएर स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य परामर्श दिएको हो ।
प्रमुख तामाङले लामो समय देखी लकडाउन हुँदा होमआईसोलनमा वसेका विरामी मात्र नभएर अन्य परिवारका सदस्यमा पनि त्रासको वातवरण नवनोस भन्नाको खातिर पनि स्वास्थ्य टोल्सिहित स्वास्थ्य परामर्श दिन घर-घर जाने योजना वनाएको बताए ।
संक्रमण नघटुन्जेल स्वास्थ्यकर्मी सहितको टोली लिएर नगरवासीको घरघरमा घरदैलो गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रमुख तामाङले बताएका छन् ।

सोमवार र मंगलवार धनकुटा नगरपालिकाको वडा नं ७,६,४,३ र १ मा होम आईसोलेसनमा रहेका ५० जना भन्दा बढि कोभिड १९ बाट संक्रमित बिमारीहरूको स्वास्थ अबस्थाका वारेमा टोलीले जानकारी लिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए ।
उनले टोली घरघर पुगेर स्वास्थ्य अवस्था बुझ्न जादा सबैको स्वास्थ्य अबस्था सामान्य, सुधार उन्मुख रहेको बताए ।
नगर प्रमुख सहितको टोली बिमारीहरूको घरघरमा पुग्दा उनीहरुको अनुहारमा मुस्कान र कोभिड १९ को त्रास हटेको अनुभुती भएको टोलीका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाँईले बताए ।
जनप्रतिनिधिहरु घरघरमा पुग्दा होम आईसोलेसनमा वसेका विरामीहरुले कोभिड १९ लाई डराएर हैन आत्मबल बढाएर, स्वास्थ्यका मापदण्ड अपनाएर, उपर्यूत खानपान, ब्यायाम र स्वास्थ्य सरसल्लाह ले नै परास्त गर्न सकिने अनुभव सुझाएको गुरागाँईले ब्लाष्टलाई सुनाए ।
स्वास्थ्यकर्मीहरु सहित जनप्रतिनिधिहरु संक्रमितहरूलाई भेट्न थालेपछि विरामीहरुको मनोवल वढेको पाइएको छ ।
हालसम्म धनकुटा नगर क्षेत्रमा १ सय ५० जना भन्दा वढी कोरोना संक्रमित निको भैसकेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताएका छन् ।
टोलीमा धनकुटा नगरपालिका मेयर श्री चिन्तन तामाङ, उपमेयर सकुन्तला बस्नेत, सम्बन्धित वडा अध्यक्ष र सदस्य, स्वास्थ्य कार्यालय प्रमुख तुलसी प्रसाद गुरगाँई, स्वास्थ्य शाखा नगरपालिका संयोजक भोजराज भण्डारी र सुरक्षाकर्मीको टोलि सहभागी रहेका थिए ।