सुनसरी जिल्लाका नगरपालिका मध्ये सबैभन्दा समृद्ध नगरपालिका वराहक्षेत्रले लगातार चौंथो आर्थिक वर्षमा पनि समपूरक बजेट भित्र्याउन सकेको छैन । सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारको समपूरक बजेट आगामी आर्थिक वर्षमा पनि शून्य छ । अघिल्ला आर्थिक वर्षमा पनि समपूरक बजेट वराहक्षेत्रले निर्माण गर्न सकेको थिएन । 

यद्यपि आगामी आर्थिक वर्षमा नगरपालिकाले विशेष अनुदान भने न्यूनमात्रामा भित्र्याएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत अर्थ मन्त्रालयले वराहक्षेत्र नगरपालिकालाई चालु आर्थिक वर्षमा ६२ करोड ५६ लाख बजेट विनियोजन गरिदिएको छ । 

चालु आर्थिक वर्षमा ५६ करोड ७७ लाख विनियोजन गरेकामा आगामी आर्थिक वर्षमा ६ करोड बढी बजेट वृद्धि गरेको हो । चालु आवमा समानीकरण १९ करोड ५ लाख, सशर्त ३७ करोड ७२ लाख विनियोजन गरेको थियो भने समपुरक र विशेष अनुदान शून्य थियो । 

आगामी आर्थिक वर्षका लागि वराहक्षेत्र नगरपालिकाले समानीकरण अनुदानतर्फ २० करोड १२ लाख बजेट भित्र्याएको छ । न्युनत्तम अनुदान अन्तर्गत ४ करोड २५ लाख र सूत्रमा आधारित १५ करोड ५१ लाख साथै कार्यसम्पादनमा आधारित अनुदान ३६ लाख रुपैयाँ रहेको छ । 

यसै गरी सशर्त अनुदानमा ३९ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३६ करोड २० लाख छ भने पुँजीगततर्फ ३ करोड ७५ लाख विनियोजित छ । 

वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ करोड ४९ लाख विशेष अनुदान पुँजीगततर्फ भित्र्याएको छ । 

आगामी आर्थिक वर्षका लागि जम्मा ६२ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ५६ करोड ३२ लाख र पुँजीगततर्फ ६ करोड २४ लाख रुपैयाँ रहेको छ । 

यो रकम वराहक्षेत्र नगरपालिकाले संघीय सरकारको अर्थमन्त्रालयबाट प्राप्त गर्ने हो । प्रदेश र आन्तरिक आयतर्फको बजेट विनियोजन हुन बाँकी छ । 

बजेट वृद्धि सुस्त 

वराहक्षेत्र नगरपालिकाको बजेटको सारांश हेर्दा अघिल्ला आर्थिक वर्षहरु भन्दा वृद्धि हुँदै आए पनि यो अत्यन्तै न्यून गतिमा देखिएको छ । नगरपालिकाले समपूरक बजेट निर्माण गर्न सकेको छैन भने विशेष अनुदान पनि उल्लेखीय रुपमा भित्र्याउन सकेको छैन । यस अघि शून्य रहेको विशेष अनुदान आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मात्र भित्र्याउन सफल भएको छ । यस्तै वराहक्षेत्रको कार्यसम्पादनमा आधारित अनुदान समेत न्यून देखिएको छ ।

वराहक्षेत्र नगरपालिकाले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत अर्थ मन्त्रालयबाट आ.व. २०७६/७७ मा जम्मा ४९ करोड ६४ लाख रुपैयाँ भित्र्याएको थियो । जसमा समानीकरण १९ करोड ५२ लाख रुपैयाँ, सशर्ततर्फ ३० करोड १२ लाख रुपैयाँ थियो । यो आर्थिक वर्षमा नगरले समपुरक अनुदान र विशेष अनुदान भित्र्याउन सकेको थिएन । 

यस्तै आ.व. २०७५/७६ मा जम्मा ४५ करोड ४४ लाख बजेट विनियोजन भएको नगरमा वित्तीय समानीकरणतर्फ १९ करोड २१ लाख रुपैयाँ विनियोजित थियो भने सशर्त अनुदानमा २६ करोड २३ लाख प्राप्त गरेको थियो । यो आर्थिक वर्षमा पनि समपुरक अनुदान शून्य र विशेष अनुदान शून्यको अवस्थामा रहेको थियो । 

अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष अनुसारका विवरण

आव २०७५ /७६


Local Final Redbook_20180529121743.pdf (mof.gov.np)


आव २०७६ /७७


आव २०७७/ ७८


आव २०७८/ ७९