३ वर्षका बालकको ‘एक्युट लिभर फेलियर’ भएपछि जीवन बचाइदिन परिवारले याचना गरेका छन् । 

एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शितजंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता रहेको परिवारले जनाएको छ ।

उनको कलेजो प्रत्यारोपणका लागि यस अघि नै पारिवारिक दाता तयार भए पनि दाताको कलेजो उपयुक्त नभएकाले उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भनाइ छ ।

उनका लागि ‘ओ पोजिटिभ’ रगत समूह भएका दाताको खोजी भइरहेको र उनको परिवारमा त्यस्तो अन्य दाता नभएकाले नयाँ कलेजो दाता खोजी गरिएको हो ।

हाल टिचिङ बाल अस्पताल मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै दर्शितजंग रावलका पिता दिनेश रावलले सबैसँग आग्रह गरेका छन् ।