सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
भिडीयो

धरानमा युवा संघको राँके जुलुशः परमादेशको विरोध, प्रधानन्यायाधीशको पुत्ला जल्यो

ब्लाष्ट खबर असार ३०, २०७८ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

    सुनसरीको धरानमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाइएको छ । 

    नेकपा एमालेको भातृसंगठ राष्ट्रिय युवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै प्रधानन्यायाधीशको पुत्ला दहन गरेको हो । 

    युवा संघले नेकपा एमालेको पार्टी कार्यालय छाता चोकदेखि मुख्य बजार भानुचोकसम्म राँके जुलुश गरेको थियो । राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । 

    julus- upendra


    युवाहरुले नाराबाजी गर्दै निकालेको राँके जुलुश प्रहरीले निभाउन खोजेको थियो । प्रहरी हस्तक्षेपपछि युथफोर्सले छाताचोकदेखि भानुचोकसम्म निकालेको राँके जुलुशलाई डाइभर्ट गर्दै भानुचोक पुर्याएको थियो । 

    युवाहरुको हातमा रहेको राँको खोस्न प्रहरीले युवाहरुलाई लखेटेको थियो । 

    जुलुसका क्रममा युवाले एमाले अध्यक्ष केपी ओलीको जयजयकार गरेका थिए भने  प्रधानन्यायाधीश विरुद्ध अभद्र नाराबाजी गरेका थिए । 

    Masal Julush Dharan


    तस्बिरः ब्लाष्ट / उपेन्द्र चाम्लिङ

    यो समाचार सेयर गर्नुहोस्
    Facebook X Viber
    ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

    प्रतिक्रिया ०

    इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
    अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

    सम्बन्धित समाचार