बैंकिङ कसूर मुद्दामा फरार रहेका दमक नगरपालिका ५ का ४७ वर्षीय बिनोद कुमार कार्की पक्राउ परेका छन् ।

उच्च अलालत पाटनले  २०७७ मंसिर ३० गतेको ३ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्न फैसला गरेका कार्की फरार रहेका थिए  ।  उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार कार्कीलाई  फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइने छ ।