एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेर सभामुखले निष्पक्षता देखाउन नसकेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि अवरोध गरेका छन् ।
एमालेको अवरोधका बिच सभामुख अग्नि सापकोटाले संसद्को कारबाही अघि बढाउँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई आर्थिक २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना दिएका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए ।
सुवालले भने प्रमुख प्रतिपक्षी दलको विरोधका कारण प्रस्ताव प्रस्तुत गर्न असहज भएको भन्दै सभामुखलाई प्रस्ताव पेस गर्न वातावरण बनाइदिन आग्रह गरेका थिए । तर सभामुखले उक्त अग्रहलाई अस्वीकार गर्दै बसेकै ठाउँबाट प्रस्तुत गर्न भनेपछि सुवालले प्रस्ताव पेस गर्न अप्ठ्याराे महसुस गरेकाे बताउँदै प्रमुख प्रतिपक्षकाे मागलाई सम्बोधन गरेर सभा अगाडी बढाउन आग्रह गर्नुका साथै उक्त प्रस्ताव बसेकै ठाउँबाट पेस नगर्ने बताएका थिए ।
बसेकै ठाउँबाट प्रस्ताव पेस नगर्ने भनेपछि सभामुखले सुवालकाे प्रस्ताव फिर्ता भएकाे भन्दै निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश २०७८लाई स्वीकृति गरियाेस् भन्ने प्रस्ताव पेस गर्न अनुमिति दिएका थिए ।
एमालेको नाराबाजी र अवरोधका बिच अर्थमन्त्री शर्मा आर्थिक अध्यादेश पेस गरेका छन् । सभामुखले समय दिएपछि दौडेर रोस्टममा पुगेका शर्माले राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश संसदमा प्रस्तुत गरेका छन् ।