संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।
महासचिव गुटेरेसले भनेका छन् 'तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा ( अफगान नागरिकहरू ( महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित ( उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्। ' त्यो पूरा हुनुपर्छ ।
'म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,' गुटेरेसले जोड दिएका छन् ।