विदेशी नागरिकलाई दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले  १ डिसेम्बरदेखि प्रतिबन्ध हटाउने भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै लगाएको प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् ।

सोमबार गरेको उक्त घोषणाबाट दुई लाखभन्दा धेरै मानिसलाई राहत पुग्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री स्टक मोरिसनले उक्त घोषणालाई ‘महत्त्वपूर्ण’ कदम भनेका छन् । सन् २०१९ मा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले अस्ट्रेलियाको अर्थतन्त्रमा ३७ अर्ब डलर योगदान दिएको थियो ।

प्रतिबन्धको समयमा विशेष कारण दर्साएर क्वारेनटिनको नियम पालना गरेपछि मात्र अस्ट्रेलिया प्रवेशको अनुमति दिइँदै आएको छ ।