शनिबार सम्पन्न १० औं धरान रन नेवा च्यारिटी १० किमीका खुल्ला पुरुष र महिला तर्फ क्रमशः दुर्गाबहादुर बुढा र पुष्पा भण्डारी प्रथम भएका छन् । जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट सहभागी भारतीय सेनामा कार्यरत बुढाले ३१ मिनेट ३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन् । ३१ मिने ४ सेकेण्डमा दौड पुरा गरेका बाग्लुङका अनिश थापा, ३१ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका काठमाण्डौंका मुकेश पल क्रमशः देस्राे र तेस्राे भएका छन् ।
महिला तर्फकी बिजेता एपिएफकी खेलाडी भण्डारीले ३५ मिनेट २६ सेकेण्डमा दुरी पार गरेकी थिन् भने ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गरी एपिएफकै फुलमति राना दाेस्राे भइन् । तेस्रो भएकी हनाह करासले ४१ मिनेट १४ सेकेण्डमा दौड पुरा गरेकी थिइन् ।
खुल्ला तर्फका महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार नगदसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरीएकाे थियाे ।

समुहगत तर्फ अण्डर १६ उमेर समुहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोधन राई दोस्रो र सरोज सिंह तेस्रो भए भने महिलातर्फ पेमा तामाङ प्रथम, कुशुम राई दोस्रो र जस्मिता राई तेस्रो भएका छन् ।
अण्डर १२ उमेर समुहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए भने महिलातर्फ इशिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भएका छन् । दुबै उमेस समुहका प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई क्रमश नगद ७ हजार, ५ हजार र ३ हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।