प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको एक्काइसौंँ वार्षिक प्रतिवेदन, २०७८” पेश गरेका छन्।
बैठकको प्रारम्भमै नेकपा ९एमाले०का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका थिए । नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद डा भीमबहादुर रावललाई बोल्ने समय दिएका थिए ।
सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसिसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताए।
साथै उनले भारतीय पक्षबाट नेपालको पश्चिम सीमानामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद रावलले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सरकारले गरेका प्रयास बारेमा पनि जानकारी माग गरेका थिए ।

बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सिमानामा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिहेको सम्बन्धमा नेपाल सरकार किन बोल्दैन भनी प्रश्न गरे । साथै उनले सिमाना विवाद समाधानका बारेमा के पहल भइरहेको छ भनी सभामुखमार्फत सरकारसँग जानकारीको माग गरे ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।