विराटनगर । शहरी विकास तथा भवन निमार्ण कार्यालय विराटनगर प्रमुख मिलन आचार्यको सरुवा भएको छ । प्रदेश १ को सरकामा काँग्रेसबाट सहभागी मन्त्रीबीचको आपसी मतभेदको कारणले शहरी विकास तथा भवन निर्माण कार्यालय प्रमखु आचार्यको गत बुधबार सरुवा भएको हो ।
प्रदेशको थप भएको मन्त्रालय राख्ने भवन मर्मत सम्भार सुरु गरेपछि उत्पन्न भएको विवादले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख आचार्यको सुरुवा भएको हो । आचार्यको सरुवा प्रदेशका मन्त्रीको ढाडो निर्देशकनमा सरुवा भएको बुझिएको छ ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको निकट रहेका आचार्यले विभागीय मन्त्री हिमाल कार्कीलाई जानकारी नदिइ मन्त्रालय राख्ने भवनको आफुखसी मर्मत सम्भारको काम आफुनिटक दुई ठेकेदारलाई दिएको भन्दै उनको मुख्यमन्त्रीको कार्यालयले सरुवा गरिएको स्रोतको भनाई छ । मन्त्री केदार कार्की डा. शेखर कोइराला निकट मान्छिन भने मन्त्री हिमाल कार्की शेरबहादुर दउसवा निकट छन ।
गएको ४ गते आर्थिक मामिला तथा योजनामन्त्री इनद्रबहादुर आङ्बो र स्वास्थयमन्त्री जयराम यदाव , विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीसहित भवन निर्माण कार्यालयका प्रमुख मिलान आचार्यले विराटनगर १४ र १५ वडामा बिचमा पर्ने स्वागत गेट निमार्ण स्थलको स्थलगत अवलोकन गर्न जाँदा विराट साइन्स क्याम्पसको भवन निमार्णको काम तीन दिन भित्र सुरु गर्न प्रमुख आचार्यलाई निर्देशन दिएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री आङबोको निर्देशनपछि काम सुरु गरेको प्रमुख आचार्यलाई शहरी विकास तथा सडक पूर्वाञ्धार मन्त्री हिमाल काकीृले विना जानकारी काम सुरु गरेको भन्दै विरोध गरेर सरुवा गराएको हो ।