धरान । नेपाली कांग्रेसका नेता धरान–६ पानबारी निवासी धनबहादुर कटवालको ६५ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित कटवाल लामो समयदेखि काठमाडौंको अस्पतालमा उपचाररत थिए । पार्टीमा साविक पाँचकन्या गाविस हुँदा सभापति पदमा रहेका उनी हाल प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) का सभापति रहेका थिए ।
उनी पेटको क्यान्सरबाट पीडित थिए । कटवालको निधनमा नेपाली कांग्रेसले तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र सो अवधिभर झण्डा आधा झुकाउने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । उनको पार्थीव शरीरलाई पार्टीका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदारी भण्डारीलगायतले अन्तिम श्रद्धाञ्जली दिए । उनको इटहरीस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।