नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेले गरेका कामको फेरिस्त लिएर जनतामाझ जान कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

शुक्रबार धरानको सदन सभा भवनमा आयोजित १ नम्बर प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा क्षेत्रीय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेम्वाङले एमालेले धेरै काम गरेको भए पनि जनतामा जनतामाझ सही सूचना  पुर्‍याउन नसक्दा अलमलमा परेको भन्दै नेता तथा कार्यकर्ताहरूलाई उक्त निर्देशन दिएका हुन् । 

उनले चुनाव नजिकिएसँगै जनतामाझ एमालेप्रतिको विश्वास तोड्न गलत प्रचारको प्रयास भइरहेको भन्दै आफूले गरेका कामहरूको बारेमा जनतालाई बताउन आवश्यक रहेको बताएका छन् । नेता नेम्वाङले  एमालेलाई हराउन गठबन्धनको चर्चा भइरहेको भए पनि त्यसले पार नलाउने बताएका छन् ।