राष्ट्रियसभा सदस्यमा मनोनीत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) का भाइ नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी थिइन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् । शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डका काकाका छोरा नारायणप्रसाद रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा मनोनीत गरिएको हो ।