विजयपुर । लामो समय एमाले निकट विद्यार्थी सङ्गठनमा राजनीतिक गरेका पूर्व विद्यार्थी नेता मोहन खड्का पनि बेलाका नगरपालिकाको मेयर पदका लागि सिफारिस भएका छन् ।
खड्का अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस धरानको एक कार्यकाल सचिव र २ पटक कार्यकाल अध्यक्षको भुमिका निर्वाह गर्दै केन्द्रीय तहसम्मको राजनीति गरेका थिए । उनी जिल्ला समिति सचिवालय सदस्यको रुपमा ३ कार्यकाल काम गरे भने विद्यार्थीबाट सुनसरी क्षेत्र नं. १ को २ कार्यकाल अध्यक्ष भएका थिए । जिल्ला परिषद् सदस्य हुदै खड्का अनेरास्ववियूको २१ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद सदस्यमा सबैभन्दा बढि मत ल्याई विजय भएका थिए ।
उनी जनआन्दोलनका क्रममा विद्यार्थीको नेतृत्व गर्ने क्रममा २०६२ सालमा ३ दिन इलाका प्रहरी कार्याकलको हिरासतमा पनि बसेका थिए । उनी पटकपटक गिराफ्तारमा पनि परे ।
स्नाकोत्तरसम्म अध्ययन गरेका खड्का अहिले पेट्रोलियम व्यवसायी र अधिवक्तासमेत हुन् । उनी हाल उदयपुर जिल्ला युवा तथा खेलकुद विभाग सचिव रहेका छन् । उनी विद्यार्थी राजनीतिमा सुनसरीमा चर्चित नेता मानिन्थे । खड्काले बेलका नगर प्रमुखका लागि पार्टीबाट सिफारिस भएपछि आफुले अवसर पाए साविकका ४ वटा गाविसलाई छ्ट्टाछ्ट्टै रुपमा विकास गर्ने योजना रहेको बताएका छन् । उनले साविकको मैनामैनी र बबला गाविसलाई कृषि र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । साविक रामपुर ठोक्सिलालाई शिक्षा र स्वास्थ्य केन्द्रका रुपमा र तपेश्वरीलाई भौगोलिक रुपमा सहजता र विकास पुर्वाधारहरु भएकाले व्यापारिक क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताए ।

उनको समग्र नगरका युवालाई स्वरोेजगार बनाउने, महिलालाई उद्यमी बनाउँदै प्रत्येक व्यक्तिलाई उत्पादन रुपमा जोड्ने पारुप तयार गरी नगर समग्र विकास गर्ने लक्ष्य रहेको बताएका छन् । उनले विश्वमा भएका परिवर्तन र विकासहरु यु्वाले गरेको आधारमा पार्टीले युवा उम्मेदवारलाई प्राथमिकता दिनु पर्ने बताए ।
उनीसँगै वर्तमान मेयर दुर्गा थापा, उपमेयर राजकुमारी चौधरी सहित जम्मा १० जना मेयरका लागि पार्टीबाट सिफारिस भएका छन् ।