श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ८ गते बिहीबार, २१ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको पञ्चमी तिथि ११ः२६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मूल २२ः०३ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः३३ बजे र सूर्यास्त ६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुरानो समस्या सुल्झाउन सकिनेछ । सामाजिक हितमा मन जानेछ । दिन सामान्य छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । स्वास्थ्यप्रति भने सजग रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला ।  अध्ययनमा प्रगति होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवारसँग समय व्यतित हुनेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । समय राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र असल साथीको सम्झना आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन विचलित हुनसक्छ । छोटो दूरीको यात्रा हुनेछ । आजको समय सामान्य रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । कामकाजमा सचेत रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कामबाट सफलता मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेममा सफलता प्राप्त हुनेछ । कुनै योजनाले मनमा शान्ति छाउनेछ । दिन राम्रो रहेको छ ।