इलामको माङसेबुङ गाँउपालिका २ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० वर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका रहेकाे प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

कार्यालयका अनुसार  आइतबार (आज ) दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी दुइ सय  मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो ।

बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ  ।