बिर्तामोड । झापाको बिर्तामोडमा एक पुरुष सुतेकै ठाउँमा मृत फेला परेका छन् । बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटलमा कार्यारत ५१ बर्षिय डिल्लीराम बाँस्तोला सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरका अनुसार गौरादह नगरपालिका–३ घर भएका बाँस्तोला बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा पाइएको थियो ।
हस्पिटलकै परिसरको कोठामा बस्दै आएका बाँस्तोला ट्रली ब्वाइको रुपमा कार्यारत थिए । उनको ह्दयघात भएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।