श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १६ गते सोमबार, १ अगष्ट २०२२, नलनाम संवत्सर । श्रावण शुक्लपक्षको चतुर्थी तिथि भोलि ०५ः२७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वफाल्गुनी १६ः१९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०५ः२६ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर आए पनि नयाँ काममा थाल्नुअघि राम्ररी विचार पुर्याउनु होला। यात्रा कष्टकर रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुनसक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।