श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १७ गते मङ्गलबार, २ अगष्ट २०२२, नलनाम संवत्सर । श्रावण शुक्लपक्षको पञ्चमी तिथि  ०५ः२७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरफाल्गुनी १७ः४१ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ०५ः२७ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बेलैमा योजना बनाएर कामकाज प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरेमा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारबाट मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण बित्ला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। वैदेशिक यात्राको योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई धन लिने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूलाई दिएको सामान फिर्ता नआउने देखिन्छ। प्राप्त हुन लागेको धन गुम्न सक्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। मान्यजनको सुझाव शिरोधार्य गरे लाभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।