श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १८ गते बुधबार, ३ अगष्ट २०२२, नलनाम संवत्सर। श्रावण शुक्लपक्षको षष्ठी तिथि ०५ः५६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्ता ०८ः३७ बजे सम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च लागे पनि हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ । यात्राको योग रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । विज्ञको मार्गदर्शन पाइनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।