देउराली । धरान उपमहानगरपालिकाको आजको कार्यपालिकाको बैठक स्थगित गर्न माग गर्दै नेकपा एमालेका कार्यपालिका सदस्य कार्यपालिका बैठकबाट बाहिरिए पछि कार्यपालिकाेकाे बैठक स्थगित भएकाे छ ।
दिउँसो साढे १ बजेबाट सुरु भएको कार्यपालिका बैठकमा एमाले संसदीय दलका नेता नरेश इवारमले बैठक स्थगित गर्न माग राखेका थिए । नगर प्रमुख हर्क साम्पाङले बैठक स्थगित नगर्ने सङ्केत गरेपछि एमालेका कार्यपालिका सदस्यहरू बैठकबाट बाहिरिएका थिए । उनि बाहीरिएसँगै दुई कार्यपालिका सदस्य , नगर प्रमुख र उपप्रमुख धारणा रहेकापछि बैठक स्थिगित भएकाे हाे ।
बैठकबाट बाहिरिएका १५ नम्बर वडाध्यक्ष इवारामले नगर प्रमुख साम्पाङका सामाजिक सञ्जालका पछिल्ला अभिव्यक्तिहरूले धरानमा द्वन्द्व बढाउने सङ्केत देखिएकोले पहिला निराकरण हुनुपर्ने र सहज वातावरण भएपछि मात्रै कार्यपालिका बैठक बस्नुपर्ने एमालेको धारणा रहेकोले बैठक स्थगित गर्न माग गरिएको बताए ।
बैठकबाट बाहिरिएका एक कार्यपालिका सदस्यका अनुसार पछिल्लो समय धरानको बदनाम गर्ने गरी सामाजिक सञ्जाल भइरहेको जातीय तथा साम्प्रदायिक द्वन्द्व फैलाउने पोस्टहरूमा नगर प्रमुख हर्क साम्पाङको नाम जोडिनु र नाम जोडिएपछि पनि नगर प्रमुखबाट कुनै पनि प्रकारको धारणा नआइरहेको अवस्थामा सर्वदलीय बैठक अनुसार कार्यपालिका बैठकबाट बाहिरिएको बताए ।

यता नेकपा एमाले धरान नगर उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले पनि सामाजी सद्भाव भड्काउने फेसबुकको नक्कली पोस्ट तयार भएको र उक्त पोस्टलाई नगर प्रमुखले नै फैलाउने काम गरेर साइबर अपराध गरेको र उक्त घटना प्रति नगर प्रमुखको कुनै धारणा सार्वजनिक नभइरहँदा सर्वदलीय निर्णय अनुसार कार्यपालिका बैठक बहिस्कार भएको बताएका छन् । ' उनले भने हामीले सबै दलहरूसँग सल्लाह गरेरै का थियौँ । त्यही अनुसार हाम्रा कार्यपालिका सदस्यहरू बैठकबाट बाहिरिनु भएको हो । '
तर कार्यपालिका बैठकबाट एमाले बाहिरिए पनि अन्य दलका कार्यपालिका सदस्य भने बैठकमा बसेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता सुर्य बहादुर (मनोज) भट्टराईले एमालेले भने जस्तो सर्वदिय बैठक भएर नभएको बताउन चाहेनन् ।
बरु एमालेका प्रतिनिधि बाहिरिँदै गर्दा मनोज भट्टराईले र १६ का वडाध्यक्ष नेपाली कांग्रेसका मुरारी भट्टराईले बैठक स्थगित गर्नु पर्ने कारण खुलाएर छलफल गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा मनोज भट्टराईले पछिल्लो समय धरान अशान्त बनेको भन्दै विवेक पूर्ण निर्णय गरेर शान्त र जातीय सद्भावयुक्त, विवेकपूर्ण धरान बनाउन पर्ने बताएका थिए ।
बैठकमा उने भने ' बराहामा कुनै पनि दलको पैसा फसेको छैन, त्यहाँ धराने जनताको पैसा फसेको हो । ती जनता केमा आस्था राख्छन् भन्ने ढङ्गले हेर्न हुँदैन ।' उनले कानुनले स्थानीय तह लाई सहकारी दर्ता, नियमन र खारेजीको अधिकार दिएकोले बराह पीडितहरूले तिन तहको सरकार मध्ये पहिलो सरकारमा न्याय माग्न आउँदा स्वाभाविक ढङ्गले लिनु पर्नेमा पीडितलाई मुद्दा नै दर्ता गराएर राजनीतिको रङ्ग दिन नहुने धारणा राखेका थिए ।
उनले पछिल्लो समय धरान अशान्त भएको भन्दै भने ' जे मन लाग्यो गाली गरेको छ । घरमा बसेर छोरा छोरी श्रीमतीसँगै बसेर कम्मेट पढ्न नसकिने खल्को आएको छ । एउटा मान्छेका ५० वटा आइडी । म देश भक्त नेपाली । म को नी के को छोरो । म राष्ट्रवादी यो कहाँबाट सिर्जना भएको छ । '
त्यस्तै मुरारी भट्टराईले बराह पीडितहरू मध्ये एक आफू पनि रहेकाे बताएका छन् ।