श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन २५ गते बुधबार, १० अगष्ट २०२२, नलनाम संवत्सर। श्रावण शुक्लपक्षको त्रयोदशी तिथि १४ः२५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वाषाढा ०९ः४८ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक मनोवृत्ति बढ्नेछ । सेवामूलक काम गरिनेछ। जग्गा जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ। तापनि लेनदेन र हरहिसाबमा होसियार रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हड्बडको त्रुटिले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा बाधा हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा त्यति समय दिन नसकिएला । शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन हुनेछ । स्वास्थ्यमा समस्या आउला ।