देउराली । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पत्रकारहरू परिचयपत्र बिनै कार्यपालिका बैठक  भित्र प्रवेश  गर्दा परिचयपत्रको खोजी गरिएको छ । 

कार्यपालिका बैठकमा धरान १० का  वडाध्यक्ष विवेक राईले पत्रकार हो वा होइन भनेर छुट्याउन मुस्किल पर्ने गरेको भन्दै कार्यपालिका बैठकमा भिडियो तथा तस्बिर खिचिरहेकाहरूलाई  पत्रकारको परिचय खुल्ने गरीको परिचय पत्र लगाउन आग्रह गरेका छन् । 

बैठक चलिरहँदा बोल्नकालागि समय मागेका राईले भने  "सबै पत्रकार मित्रहरू मेरो नजिक आइदिन अनुरोध गरे । मैले बोलेका एक सेकेन्ड पनि काटिनु भएन । सुरुबाटै राखिदिनुस् । "  उनले नगरपालिका विभिन्न बैठकहरूमा गरिएका आचारसंहिताको स्मरण गर्दै भने "हामी जनप्रतिनिधिलाई तपाईँहरूले चिन्न सक्नुहुन्छ  तर हामीलाई तपाईँहरू चिन्न गाह्रो भयो । कुन पत्रिकाबाट आउनुभयो ? युट्युब हो कि ? "

पत्रकारिताको आचारसंहिता लानु हुने हो भने बैठकमा प्रेस ज्याकेट र परिचयपत्र लगाउनु पर्ने  बताएका राईले खल्तीबाट आफ्नो परिचयपत्र निकालेर देखाउँदै भने  "  तपाईँहरूको ड्रेस होला । यी यस्तो परिचयपत्र होला लगाएर आउनु पर्‍यो । "

उनले अघिल्लो  बैठकमा  कार्यपालिका सदस्यहरू बोलेको सम्पूर्ण कुराहरू सम्पादन गरिएको भन्दै, धेरै पत्रकारहरू उस्थित भएपनि  बैठककाे भिडियाे  अधिकांश संञ्चार माध्यममा प्रत्यक्ष प्रसारण नहुने गरेकाेले  र  पछि वडाध्यक्षहरूले बेलेका कुराहरू काटछाट गरेर युट्यवमा अाउने गरेकाे भन्दै आफू प्रत्यक्ष प्रसारणमै  बेल्न चाहने जिकिर गरेका थिए  ।

 " कुन सञ्चारमाध्यममा काम गर्दै हुनुहुन्छ ? परिचयपत्र दिएको होला । प्रेस लेखेको पोसाक हुन्छ । " उनले थपे  " कसैले बाेलेको डिलिट गरिदिनु हुन्छ । कसैले बेलेको आधी काटिदिनुहुन्छ । त्यस कारण म आज तपाईँहरूकाे नजिक बोल्न चाहेको हो । "

उनले हात जोड्दै परिचय दिँदै भने – म चाही विवेक राई, धरान १० को वडाध्यक्ष, हामी यहाँ पहिलो पटक विजयी भएर आएका हौँ ।  तपाईँहरूले सबै वडाध्यक्षहरूलाई दोष लगाइरहनु भएको छ ।  

 वडाध्यक्षहरूले  यसो भने , यसे गरे भन्दै आइरहेको छ ,  हामीले के गर्‍यौ ?

नयाँ हो भक्खर आएको, काम पनि गर्न पाएका छैनौँ  ।  बजेट पनि परेको छैन, निस्वार्थ काम गरिरहेका छौँ ।  हामीले काम पनि गर्न पाएका छैनौँ  ।

हामीलाई काम पनि गर्न दिनुभएको छैन तपाइहरू सबै भएर ।  नगरले पनि दिएको छैन,  मेयर सापले पनि दिनु भएको छैन । प्रशासकीय अधिकृतले पनि दिनु भएको छैन । उपमेयरले पनि दिनु भएको छैन  । 

 बैठकमा वडाको एजेन्डा आएन 

( वडाध्यक्ष राई अगाडी भने ) कुरा रह्यो एजेन्डाको,  अहिले बैठक भइरहँदा १८ वटा निर्णय भइसकेका छन् । १८ वटा निर्णय भइसक्दा हामीले, वडाध्यक्षहरूले हाम्राे वडाको समस्यहरू राख्दा, टिप्पणी गरेका कुराहरू हाम्रो एजेन्डामा किन आउँदैन ?  हामीले बारम्बार हाम्रो वडाका सस्यहरू टिपोट गराएका छौँ । तर किन एजेन्डामा पर्दैनन् ?

वडाध्यक्ष राई बोलिरहँदा  उपप्रमुख आइन्द्र विक्रम बेघा हाँसिरहेपछि उप–प्रमुख बेघा तिर इङ्गित गर्दै राईले भने –  उपमेयर ज्यु, अब हाँसेर हुँदैन । उपमेयर ज्युले हाम्रो कुरा हाँसेर उडाइदिनु भयो । दुःख लाग्छ मैले बारम्बार वडा नम्बर १० को समस्या राख्दा एजेन्डामा किन आउँदैन ।  

 मेयर सापलाई पनि प्रश्न, उपमेयर सापलाई पनि प्रश्न, प्रशासकीय अधिकृत ज्युलाई पनि प्रश्न । 

नीति तथा कार्यक्रम पनि पास गर्यौ , कवाडीको कुरा पास गरेको छु मैले । यो कुरा किन यहाँ आउँदैन ? हटाउने कुरा किन लेखिँदैन ?  पुतलीलाइनको बाटोको कुरा छ । 

नगरसभामा सबैले पास गरेर छुट्याइएको दुई करोड बजेट कहाँ पुग्यो ? कुन कुन वडामा के के योजना आए र ती योजनाहरू कहाँ कहाँ पुगे ? ती कुरा किन एजेन्डामा आउँदैन , किन सिलिङ हामीलाई दिइँदैन ? योजनाहरू कहाँ छन्, किन हामीलाई जानकारी हुँदैन ? 

उनले बैठकहरूमा वडाका कुनै पनि एजेन्डाहरू नआउने गरेको र योजनाहरूको पनि कुनै जानकारी नगराएको भन्दै नगरको मात्र एजेन्डा बैठकमा ल्याउने भए बैठकमा वडाध्यक्षहरूलाई नबोलाउन आग्रह पनि गरेका थिए । 

बैठकमा बोलिरहेका वडाध्यक्ष राईलाई नगर प्रमुख हर्कराज   राई (साम्पाङ)ले रोक्न खोजेपछि बैठकमा आफूहरूलाई बोल्न नदिने गरेको भन्दै  आफू पनि जनताले नै भोट दिएर  जनताकै प्रतिनिधि भएर आएकोले बोल्न पाउनु पर्ने बताए ।