श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १ गते बुधबार, १७ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको षष्ठी तिथि २०ः४६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्विनी २२ः१६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । स्वास्थ्य कमजोर रहनाले खर्च बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गरे छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ ।