श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं.२०७९ साल भदौ २ गते बिहीबार, १८ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको सप्तमी तिथि २१ः४२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र भरणी २३ः५४ बजेसम्म कृतिका भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः४०बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यले विभिन्न अवसर थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको चापबाट फुर्सद पाइनेछ। रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेत गर्दा छोटो समयमा पनि फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। वादविवादबाट भने अलि सतर्क रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।