श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ६ गते सोमबार, २२ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको एकादशी   तिथि भोलि ०६ः२६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगशिरा ०७ः५८ बजे सम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०५ः३७ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखापरे पनि होसियारीसाथ कार्य गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन् । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दौडधुप गर्दा परिस्थितिवश काम अधुरो रहला । गोप्य सूचना बाहिरिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना छ, गोपनीयतामा ध्यान पु¥याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । मानसम्मानमा बाधा पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । आलोचकहरूले व्यर्थैमा दुःख दिनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवेकले काम लिने प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा विस्तारै काम बन्नेछ । अध्ययनमा प्रगति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारबाट फाइदा हुनेछ।