विराटनगर । विराटनगरमा पहिलो पटक कस्मेटिकको ब्राण्डेड  सामानहरू पाइने पसल खुलेको छ । विराटनगरको ट्राफिक चोकमा पहिलो पटक कस्मेटिकको ब्राण्डेड  सामानहरू पाइने ‘ओएसएस कस्मेटिक स्टोर’ खुलेको हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त कस्मेटिक स्टोरको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरिन् ।

४० लाख लागतमा खुलेको कस्मेटिक स्टोरभित्र थरी–थरीकोब्राण्डेड  सामानहरू पाइने सञ्चालक रित्ता ढकालले जानकारी दिइन् । उनका अनुसार श्रृगारको सामानदेखि कस्मेटिक सामानहरूको ब्राण्डेड मात्र पाइने बताइन् । यहाँ नेदरल्याण्डको स्टुडियो मेकअप, फिक्स ड्रममा ब्रान्डका स्किन कियरको ब्रान्डेट सामानहरू रहेको छ ।

‘यहाँ रहेको ब्राण्डेड  स्किनको सामानहरू छाला रोग विशेषज्ञ चिकित्सकहरूले पनि प्रयोग गर्ने खालको रहेको छ,’ सञ्चालक ढकालले भनिन्, ‘यहाँ ६ सय रुपैयाँदेखि १० हजारसम्मको कस्मेटिक सामानहरू पाइन्छ ।’

एकै ठाउँमा यति धेरै कस्मेटिक सामान त्यो पनि ब्राण्डेड  मात्र पाइने यो नै विराटनगरको पहिलो पसल भएको दाबी गरिएको छ ।यसअघि कस्मेटिक सामाग्रीहरूको ब्राण्डेड सामान खरिद गर्नुपरे काठमाण्डौं वा विदेश जानुपर्ने अवस्था थियो । अब  विराटनगरमै कस्मेटिक सामानहरू ब्राण्डेड पाउने भएपछि सहज हुने भएको छ ।

oss-cosmetiv

oss-cometic