श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ७ गते मङ्गलबार, २३ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको एकादशी तिथि ०६ः२५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र आद्र्रा ११ः०१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०५ः३८ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ । चिताएका काममा ढिलासुस्ती हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार–व्यवसायमा समेत फाइदा नहुने देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
निराश नभई मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बोली र व्यहारमा संयम रहेर कामकाज गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाजुभाइमा आत्मीयता बढ्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगानी गर्दा व्यवसायबाट प्रशस्त धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।