श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ८ गते बुधबार, २४ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको द्वादशी  तिथि ०८ः५० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुनर्वशु १३ः५६ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०५ः३८ बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पु¥याउन सक्छन् । आफ्नै वचनले अप्ठ्यारो पर्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । अकस्मात धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य–चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । दिन राम्रो रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।