श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल भदौ ९ गते बिहीबार, २५ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको त्रयोदशी तिथि १०ः५८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुष्य १६ः३४ बजेसम्म उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः३९ बजे र सूर्यास्त ०६ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सङ्कल्प पूरा गर्न समय लाग्नेछ। काम सुरुवात भए भए पनि सोचेको नतिजा हातलागी नहुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विचारले अरूलाई आकर्षण गर्न सकिनेछ। परिस्थितिको चक्रमा अलमलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कमजोर नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला। आफन्तसँग भेटघाट हुनाले मन हर्षित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । खर्च लागे पनि लगानी बढाउने अवसर छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर, सानो काममा अत्यधिक खर्च हुनेछ। दिन राम्रो रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ अवसरका साथै आम्दानीको स्रोत फेला पर्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।