श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १२ गते आइतबार, २८ अगष्ट २०२२, नलनाम संवत्सर। भाद्र शुक्लपक्षको प्रतिपदा  तिथि १५ः०१, बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वफाल्गुनी  २२ः०९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०५ः४० बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा कमजोरी अनुभूति हुनेछ । व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् ।  हतारमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएको काम सम्पादन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ । समयमा आफ्नो काम गर्न नसक्दा कम लाभ प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।