श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १३ गते सोमबार, २९ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको द्वितीया तिथि १५ः३४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी २३ः१५ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ०५ः४१ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिन राम्रो रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा साथीभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्य भने अलि कमजोर रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनु पर्ने हुनसक्छ ।