श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १५ गते बुधबार, ३१ अगष्ट २०२२, नलनाम संवत्सर। भदौ शुक्लपक्षको चतुर्थी तिथि १५ः३३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र चित्रा भोलि ००ः२१ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्याेदय ०५ः४२ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूर्वाधारविनै काम आँट गर्दा समस्या आउनेछन् । महŒवाकाङ्क्षी सोचले परिवार र साझेदारीमा असमझदारी आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्रोहपूर्ण व्यवहारले निकटजनहरू टाढिन सक्छन् । अडान दोहो¥याउँदा सबैका सामु लज्जित हुनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले काम बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा केही प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपर्ला । मेहनत गरे शत्रुहरूलाई तह लगाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन्। पढाइ, लेखाइमा प्रगति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा लाग्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।