श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १६ गते बिहीबार, १ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको पञ्चमी तिथि १५ः०० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र स्वाती भोलि ००ः२२ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ०५ः४२ बजे र सूर्यास्त ०६ः२४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारमा काम गर्ने बानीले दुःख पाइनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेशाबाट राम्रै फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिउँसोदेखि नयाँ काम प्रारम्भ गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गरे विभिन्न अवसर प्राप्त हुनेछन् । व्यवसायबाट मनग्य फाइदा उठाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिहान घरेलु काममा अल्मलिनु परे पनि दिन उपलब्धिमूलक रहनेछ । अध्ययनको नतिजा राम्रो आउनेछ ।