श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १७ गते शुक्रबार, २ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको षष्ठी तिथि १४ः०४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र विशाखा २३ः५९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्याेदय ०५ः४३ बजे र सूर्यास्त ०६ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिका रूपमा मानसम्मान प्राप्त होला । वादविवादले भने समस्या निम्त्याउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिम्मत गरे जटिल कामसमेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गरे अप्ठ्यारो कामसमेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।