श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ १९ गते आइतबार, ४ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको अष्टमी तिथि  १०ः४५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र ज्येष्ठा २१ः५७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि धनु, सूर्योदय ०५ः४४ बजे र सूर्यास्त ०६ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । आफ्नो सम्पत्तिमा अरूले दाबी गर्न सक्छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । गरेको कामबाट फाइदा मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भूमि, पशु र कृषितर्फका योजना अघि बढ्नेछन् । घरायसी समस्या सहजै सुल्झाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारसँगको पुरानो विवाद टुङ्ग्याउने समय छ । खानपान मा विचार पुर्याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिनभरि सानातिना घरेलु काममै अल्झनु पर्ला । पहिलेका समस्या दोहोरिन सक्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारीमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धनमाल हराउन सक्ने देखिन्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काममा बाधा उत्पन्न हुँदा मन खिन्न हुनेछ । साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ । वैदेशिक यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा प्रेम र मित्रताको बन्धन कसिनेछ । कामकाजबाट आयआर्जन पनि राम्रै हुनेछ ।