श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल भदौ २० गते सोमबार, ५ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको नवमी तिथि ०८ः४३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मूल २०ः१९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतार गर्नाले काम बिग्रन सक्छ। अरूलाई दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गरे फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशेष योजना सार्वजनिक नगर्नु होला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश आजको योजना निष्फलजस्तै रहनेछ। श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा समस्या पर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगानी धेरै भए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ। नियमित काम सम्पादन हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । पछिसम्म फाइदा हुने काम हातपार्ने मौका छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रको कार्यमा सफलता मिल्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै पूरा गर्न सकिनेछ ।