श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल भदौ २१ गते मङ्गलबार, ६ सेप्टेम्बर २०२२, नलनाम संवत्सर। भाद्र शुक्लपक्षको दशमी तिथि ०६ः०९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वाषाढा  १८ः२२ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहे पनि चुनौतीपूर्ण काममा जुट्नुपर्ला। परिस्थितिले कठोर निर्णय गराउन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने हुनसक्छ । सम्भावना खोजी गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रम परे पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
माया मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायबाट लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँटले काम सम्पादन गर्न सकिनेछ। लाभदायी नतिजाले उत्साह जगाउनेछ।