श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ २२ गते बुधबार, ७ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको द्वादशी तिथि भोलि ००ः१८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तराषाढा १६ः१२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्याेदय ०५ः४५ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण बित्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू हट्नेछन् भने सफलताले पछ्याउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक मनोवृत्ति बढ्नेछ । सेवामूलक काम गरिनेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हल्लाको पछि लाग्दा दुःख पाइनेछ। समस्या पर्दा शुभचिन्तकले साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गरे पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पु¥याउनु नै उचित होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गरे आंशिक काम सम्पादन हुनेछ। स्वास्थ्यमा केही समस्या आउने देखिन्छ ।