धरान । माइडिया ब्रान्डका जाडोका घरायसी सामग्रीहरू बजारमा भित्रिएका छन् ।

उक्त ब्रान्डका सामग्रीलाई चौधरी ग्रुपले नेपाली बजारमा भित्र्याएको हो । माइडियाले सम्पूर्ण उपभोक्ताको मागलाई मध्यनजनर गर्दै जीवन सरल र सहज बनाउने घरायसी सामानहरू भित्र्याएको जनाएको छ । 

कम्पनीले केटल, ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर बजारमा ल्याएको हो । माइडियाले प्रस्तुत गरेका घरायसी सामग्रीहरू गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् । सबै सामग्रीहरू नवीन प्रविधिबाट उत्पादित रहेको जनाइएको छ ।